म्यादी प्रहरी भर्ना : नौ हजार बढीले दिए आवदेन



धनगढी । अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएकोमा कैलालीमा नौ हजार बढीले आवदेन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार म्यादी प्रहरीका लागि कैलालीमा नौ हजार सात सय ९५ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरूमध्ये दुई हजार तीन सय २१ महिला रहेका छन् ।
प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलालीमा म्यादी प्रहरीका लागि आवेदन परेको डिएसपी बुढामगरले बताए ।
उनले म्यादी प्रहरीको छनोट प्रक्रिया आगामी कात्तिक ५ देखि ८ गतेसम्म गरिने बताए । म्यादी प्रहरीमा छनोट भएकाहरूको तालिम कात्तिक १२ गतेदेखि सञ्चालन २४ गतेसम्म हुने छ । बैतडीमा म्यादी प्रहरी भर्नाका लागि एक हजार आठ जनाको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माका अनुसार म्यादी प्रहरीका लागि बैतडीमा एक जार आठ सय १८ जनाले आवेदन दिएको जानकारी दिए ।
त्यस्तै, अछाममा दुई हजार तीन सय १६ जनाले आवेदन दिएका छन् ।

कात्तिक १ गते (epaper)

प्रतिक्रिया दिनुहोस्