११ श्रावण २०८१, शुक्रबार

तिहार शुरु



धनगढी । नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारबाट सुरु भएको छ । तिहारको पहिलो दिन मंगलबार कागको पूजा गरेर मनाइएको छ । आज (बुधबार) कुकुरको पूजा गरिँदै छ ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ । यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्ह:पूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार