१२ श्रावण २०८१, शनिबार

जातीय छुवाछूत विधेयकबारे अन्तरक्रिया



टीकापुर । जातीय छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक व्यवहार सुधार गर्ने विधेयक २०७१ विषयमा सोमबार टीकापुरमा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा राजनीतिकर्मी मोहन विकले जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई सरकारी जागिरमा अयोग्य बनाउने व्यवस्था गर्न माग गरे । उनले प्रहरी प्रशासनमा जातीय छुवाछूत तथा विभेदसम्बन्धी मुद्दा दर्ताका लागि छुट्टै डेस्क हुनुपर्ने बताए ।
त्यस्तै, जवालसिंह तिरुवाले सरकारी कर्मचारीले जातीय भेदभाव छुवाछूतसम्बन्धी कसुर गरेमा पद घटुवा गर्न सकिने बताए ।
कार्यक्रममा राजी साल्म समाज टीकापुरका अध्यक्ष चित्रबहादुर राजीले राजनीतिक पहुच र पद तथा शक्तिका आधारमा गल्ती गर्ने व्यक्ति कानूनी कारबाहीबाट छुट्कारा पाउने गरेकाले जातीय छुवाछूत र विभेदका घटनामा कमी नआएको धारणा व्यक्त गरे ।
कार्यक्रममा शिक्षक हृदय रेग्मी, प्रेम बिसी, रमेश विक, गणेशप्रसाद ओझा, दिनेशकुमार थारू लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम नागरिक संवाद केन्द्र धनगढीको आयोजनामा भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता सविता बराल र निवर्तमान सांसद गौरीशंकर चौधरीले सहजीकरण गरेका थिए ।

असाेज ३१ गते (epaper) (1)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार