टीकापुर जेसीज सप्ताह



टीकापुर । टीकापुर जेसीजको सप्ताहव्यापी कार्यक्रम सोमबार समापन भएको छ ।
टीकापुर जेसीज वर्ष २०१७ का कार्यवाहक अध्यक्ष तपेन्द्र स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यले समापन गरेका थिए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख वसन्त बोहरा, लम्की जेसीज २०१७ का अध्यक्ष जुगराम चौधरी, लाइन्स क्लव अफ टीकापुरका अध्यक्ष भीमराम चपाई, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख टीकाबहादुर कार्की, टीकापुर जेसीजका पूर्व अध्यक्ष टेकनारायण पौडेल र जगदिश्वर पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा टीकापुर सरसफाई अभियानका गुडीमुन्टे जोडी झलनाथ खनाल र राजेन्द्र विश्वकर्मालाई सम्मानपत्र प्रदान गरियो ।
टीकापुर जेसीज वर्ष २०१७ का कार्यकारी उपाध्यक्ष सुरेश रिमालले स्वागत गरेको कार्यक्रममा महासचिव गणेश साउँदले कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच, टीकापुर जेसीजले टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा दम्पत्तीको मृत्युपछि बेसहारा बनेको परिवारलाई सोमवार नै राहत प्रदान गरेको छ ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बेसहारा परिवारका लागि जाडोयाममा लगाउने लुगा र १० हजार ५५ रुपैयाँ सहयोग प्रदान गरिएको राहत वितरण कार्यक्रमका संयोजक मंगल साउँदले जानकारी दिए ।

असाेज ३१ गते (epaper) (1)

प्रतिक्रिया दिनुहोस्