२२ पुष २०८१, सोमबार

घोडाघोडीको नीति र कार्यक्रम सार्वजनिक



सुखड । घोडाघोडी नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/२०७५ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको आइतबार भएको नगर सभामा घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले आर्थिक वर्ष २०७४र२०७५ को लागि ७१ करोड ४० लाख ९० हजार ८ सय ५८ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
बजेटमा चालु खर्चतर्फ २९ करोड २६ लाख ५८ हजार र पुँजीगत खर्चतर्फ ४२ करोड १४ लाख ३२ हजार ८ सय ५८ रुपैयाँ रहेको छ ।
त्यस्तै, व्ययतर्फ चालु खर्च ससर्त अनुदान समेत गरी १५ करोड ७९ लाख ७५ हजार, सामाजिक सुरक्षातर्फ १० करोड १० लाख, ६८ हजार, उपभोग तथा कार्यालय सञ्चालन पदाधकारी सहुलियत समेत गरी ३२ करोड २ लाख ५० हजार, एलजीसीडिपी तलव भक्ता १३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै प्रत्येक वडा कार्यालयहरूलाई १० करोड ५ लाख बिनियोजन गरिएको छ ।
नगरपालिकाको ससर्त तथा निस्र्शत कार्यक्रम सञ्चालनको लागि २२ करोड, ७९लाख, ३२ हजार, ५८ रुपैयाँ १३ पैसा यसैगरी विभिन्न कोष रकम र लागत सहभागिताको लागि ५ करोड गरी कुल पुँजीगत खर्च ४२ करोड १४ लाख ३२ हजार ८ सय ५ रुपैयाँ १३ पैसा देखाइएको छ ।
घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाले स्वागत रहेको नगर सभाको निमित्त कार्यकारी अधिकृत राजुप्रसाद न्यौपाले सञ्चालन गरेका थिए ।

असाेज ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार