१२ श्रावण २०८१, शनिबार

सकारात्मक संलग्नता परियोजना लागू



धनगढी । धनगढी उपमहानगरपालिकामा सामुदायिक सद्भाव प्रवद्र्धनमा युवाहरूको सकारात्मक संलग्नता परियोजना लागू भएको छ । युएनडीपीको आर्थिक सहयोग र युवा शान्ति परिषद्को आयोजनामा परियोजना लागू गरिएको हो ।
परियोजनाले लागू पदार्थ दुव्यर्सनी लागेका युवाहरूलाई परामर्श दिनेदेखि युवाहरूमा कसरी रोजगारी सिर्जन गर्न सकिन्छ भन्ने बारेमा युवाहरूलाई जानकारी गराउने छ । परियोजनाले आइतबार धनगढीमा कार्यक्रम गरेर जानकारी गराएको हो । परियोजना लागू भएपछि समाजमा विभिन्न किसिमका घट्ने घटनामा कमी आउने विश्वास लिएको छ । परियोजना डिसेम्बर काम गर्ने परिषद्ले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धनगढी उपनगरपालिकाका उपमेयर सुशीला मिश्र भट्ट रहेकी थिइन् । उपमेयर मिश्र भट्टले परियोजना सफल पार्न सम्पूर्ण निकायसंग समन्वय गरी जान सल्लाह दिइन् । ‘राम्रो काम गर्नुहोस्’ उनले भनिन्– ‘उपमहानगरपालिका पूर्ण सहयोग रहन्छ ।’
कार्यक्रममा सुझाव दिने अधिकांसले सम्पूर्ण निकायसंग समन्वय गरी अगाडि बढ्न सल्लाह दिएका थिए । युएनडीपीका पीसएड्भाइजर अर्जुन कुमार र युवा शान्ति कैलालीका अध्यक्ष प्रेम ढुंगानाले परियोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

असाेज ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार