१२ श्रावण २०८१, शनिबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना 



धनगढी । ७ नम्बर प्रदेशको चार वटा जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य चुनाव हुने यस प्रदेशका चार जिल्लासहित देशभका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
७ नम्बर प्रदेशको दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणको निर्वाचन मंसिर १० गते हुने छ भने मंसिर २१ गते कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी र अछाममा मंसिर २१ गते निर्वाचन हुने छ ।
पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचनसम्बन्धी कार्य समेत सुरु भएको छ ।
दोस्रो चरणमा चुनाव हुन बाँकी ४५ जिल्लामा आगामी कात्र्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

असाेज ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार