११ श्रावण २०८१, शुक्रबार

रामलीला ज्ञान महोत्सव हुने



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा दोस्रो रामलीला ज्ञान महोत्सव हुने भएको छ । ज्ञान महोत्सव आगामी कात्तिकको १५ गतेबाट शुरु हुने जनाइएको छ ।
नवज्योति सामुदायिक सिकाई केन्द्र र शिव मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा रामलीला ज्ञान महोत्सव सञ्चालन हुने मुल आयोजक समिति संयोजक राजेन्द्र साउँदले जानकारी दिए । महोत्सव सञ्चालनका लागि चार वटा उपसिमिति गठन गरिएका छन् । संयोजक साउँदले रामलीलाबाट संकलित रकम सार्वजनिक पुस्तकालय र शिव मन्दिर निर्माणमा खर्च गरिने बताए ।
रामलीलाका लागि रावण, मकरध्वज र पर्शुरामका पात्र कलाकार बाहिरी जिल्लाबाट ल्याइएका र सीता, कैकेई लगायत महिला पात्र कलाकारमा महिला कलाकारले अभिनय गर्ने नवज्योति सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष विष्णुदत्त जोशीले बताए । महोत्सव सञ्चालनका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

असाेज २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार