१२ श्रावण २०८१, शनिबार

फोटो पत्रकार भण्डारीलाई सम्मान गरियो



धनगढी । नेपाल फोटोग्राफर एसोसियसनको धनगढी नगर उपसमितिले फोटो पत्रकार वीरेन्द्र भण्डारीलाई शनिबार सम्मान गरेको छ । गोदावरी नगरपालिकाको हाटखोलीमा उपसमितिको नियमित कार्यक्रममा उनलाई सम्मान गरियो ।
एसोसिएसनका धनगढी नगर संयोजक धुर्व सापकोटा र जिल्ला सहसचिव भुवन जोशीले फोटो पत्रकार भण्डारीलाई सम्मान गरेका थिए । भण्डारी नेपाल फोटो पत्रकार संघ कैलालीका अध्यक्ष समेत छन् । नगर उपसमितिका नगर संयोजक धुर्व सापकोटाको संयोजकत्वमा बसेको बैठकको सञ्चालन उत्तम थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार