११ श्रावण २०८१, शुक्रबार

प्रहरी दिवस मनाइयो



धनगढी । संघीय प्रहरी इकाई कार्यालय धनगढीले ६२ औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमका बीच प्रमुुख जिल्ला अधिकारी गोविन्द रिजालले अमर प्रहरी स्मारकमा माल्यार्पण गरे ।
कार्यक्रममा प्रजिअ रिजालले विगतका तुलनामा सुुरक्षा व्यवस्थामा चुुनौतिहरू थपिदै गइरहेमा एक्लो प्रहरीले मात्रै सवै चुुनौतिको सामना गर्न नसक्ने बताए । उनले विगतमा सीमित क्षेत्रमा मात्रै केन्द्रित रहेर सुरक्षा दिने गरेकोमा हाल नागरिकको शारीरिक, मानसिक, आर्थिक लगायत नागरिकको सर्वागिंण सुरक्षा गर्नुुपर्ने जिम्मेवारी थपिएको उल्लेख गरे ।
प्रहरीले नागरिकहरूसंगै मिलेर सुरक्षा प्रदान गर्न सामुुदायिक प्रहरी, टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी लगायतका कार्यक्रमहरू ल्याएकोमा ती कार्यक्रमहरूलाई सफल पार्न विभिन्न क्षेत्रहरूको समेत त्यत्तिकै सहयोग आवश्यक हुने उनको भनाई थियो । एक व्यक्तिको कमिकमजोरीलाई लिएर पुरै संगठनलाई नै दोष दिने गरिन्छ । प्रजिअ रिजालले भने– ‘यस्तो प्रवित्तिले संगठन भित्र रहेका राम्रा व्यक्तिहरूको मनोवल घट्ने भएकाले राम्रालाई सम्मान र दोषीलाई सजाए दिनुुपर्छ ।’
प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पठाएको सन्देश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक योगबहादुुर पालले पढेर सुनाएका थिए । सन्देशमा राष्ट्रमा संघीयतालाई संस्थागत गर्ने अभियानमा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रहरीको ठूलो दायित्व रहेको छ । नागरिकलाई निर्धक्क भएर मताधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्न जनमुुखी, स्वच्छ र भेदभाव रहित सेवा प्रवाह गर्नुुपर्छ । यसमा कुनै स्वार्थ, पूर्वाग्रह र विलम्व नहोस् भन्ने तर्फ संगठन सजग रहन महानिरीक्षक अर्यालले निर्देशन दिएका छन् ।
कार्यक्रममा अशक्त प्रहरी रामबहादुर डंगौराले विभिन्न क्षेत्रका प्रहरीले देशको सेवा गर्ने क्रममा मृत्यु तथा अंगभंग हुनुुपरेको भए पनि कतिपयले अझैसम्म प्रहरीबाट उचित प्रोत्साहन पाउन नसकेको बताए । ‘देशको सेवा गर्ने क्रममा घाइते भई अशक्त हुन पुगे तर अझैसम्म सरकारले उचित व्यवस्था गर्न सकेको छैन ।’ सरकारले दिएको आधा रकम औषधिमै खर्च हुन्छ, आधा रकमले परिवार पाल्न निकै समस्या भइरहेको उनले बताए । उनले कतिपय सहिद परिवार तथा सशक्त परिवारहरू सरकारले उनीहरूलाई गरेको व्यवहारप्रति असन्तुष्ट रहेको बताए ।
कार्यक्रममा पूर्व प्रहरी संघका अध्यक्ष दलबहादुर बोगटी, नागरिक समाजका तर्फबाट खड्गराज जोशी, सामुुदायिक सेवा केन्द्रका अध्यक्ष, पत्रकार वीरेन्द्र रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने गोदावरी नगरपालिका वडा नम्वर १ का भरतबहादुर बोहरालाई कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रहरी दिवसका अवसरमा आयोजित भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम प्रहरी वरिष्ठ उपरिक्षक दानसिंह बोहराको अध्यक्षतामा भएको थियो ।

असाेज २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार