१२ श्रावण २०८१, शनिबार

निर्माण व्यावसायी गौचन हत्या घटना : बुधबार पनि विरोध कार्यक्रम



धनगढी । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको मागसहित बुधबार पनि निर्माण व्यवसायीहरूले विरोध कार्यक्रम गरेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय निर्माण व्यवसायी संघ र कैलाली निर्माण व्यवसायी संघको संयूक्त आयोजनामा धनगढीको ट्राफिक चौराहमा विभिन्न नारासहित एक घण्टा सांकेतिक विरोध कार्यक्रम गरेका हुन् ।
सांकेतिक आन्दोलनमा क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष मदनबहादुर कुँवर, कैलाली निर्माण व्यवसायी संघका अध्यक्ष प्रकाशबहादुर सेठी लगायत कैलालीका निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो ।
उनीहरूले सम्पूर्ण निर्माण व्यवसायीहरूको जिउधनको ग्यारेन्टी गर्न, महासंघका अध्यक्ष गौचनलाई शहिद घोषणा गर्न, हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए । निर्माण व्यवसाहीहरूले नेपाल सरकारलाई शोकपूर्ण घडीमा सम्पूर्ण निर्माण खरिद कार्यका बोलपत्रहरू आव्हान नगर्न माग गरेका छन् ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार