११ श्रावण २०८१, शुक्रबार

चार किलो चरेशसहित एक पक्राउ



धनगढी । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको वेदकोट नगरपालिकामा चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायव निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुरदेखि बागफाटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार