६ कार्तिक २०८१, मंगलवार

जेसीज सप्ताह : नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीजको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाइएको छ ।
राजीपुरमा सञ्चालित बडीमालिका पोलिक्लिनिकको प्राविधिक सहयोग सञ्चालित स्वास्थ्य शिविरमा तीन सय ३८ जनाको स्वास्थ्य चेकअप गरिएको धनगढी जेसीजका उपाध्यक्ष शिवबहादुर सोवले जानकारी दिए ।
जेसीज सप्ताहको अवसरमा आयोजित सो शिविरको गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले उद्घाटन गरेका थिए ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार