१२ श्रावण २०८१, शनिबार

अाज बालिका दिवस : बालिका टेकओभर इन रेडियो सञ्चालन हुँदै



लम्की । विश्व बालिका दिवसका अवसरमा आज (बुधबार) बालिका टेकओभर इन रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्लान इन्टरनेसनल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बालिकाहरूले भोगेका विषयवस्तुबारे जनचेतना जगाउने उद्देश्यसहित विश्वभरी ‘किनभने म एउटा केटी हो’ भन्ने नाराका साथ विविध कार्यक्रम गर्दै आएको छ ।
नेपालमा देशभरीका तीन सय बढी सामुदायिक रेडियोहरूमा कार्यक्रम सञ्चालक तथा प्रस्तोताको भूमिका सीमान्तकृत तथा पिछडिएको समुदायका बालिकाले निर्वाह गर्नेछन् । १४ देखि १९ वर्ष उमेरका किशोरीले रेडियो पत्रकारको भूमिकामा यो कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
यसैबीच, लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाजमा एक जना किशोरी रेडियोकर्मीको भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

असाेज २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार