१२ श्रावण २०८१, शनिबार

खुला फुटवल प्रतियोगिता



सखड । चिडिया तालको संरक्षण तथा सम्वद्र्धनको उद्देश्यसहित महेन्द्रस्मृति युथ क्लव साडेपानीको आयोजनामा जारी खुला फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार तीन वटा खेल भएका छन् ।
मंगलबार सडकपुर बौनिया युथक्लवले बछुरिया युवा क्लवलाई दुईका विरुद्ध ६ गोलले पराजित गर्‍यो ।
त्यस्तै, दोस्रो खेलमा सिर्जना युवा क्लव, प्रतापपुरले मोहन्याल युवा क्लवलाई सून्यका विरुद्ध चार गोलले पराजित गर्‍यो ।
मंगलबार नै भएको तेस्रो खेलमा शम्भुसन्द युवा क्लवले नवज्योति युवा क्लवलाई चार–एकले पराजित गरेको छ ।
आयोजक समिति जनार्दन उपाध्यायका अनुसार प्रतियोगिता अन्तर्गत आज (बुधबार) तीन खेल हुने छन् ।

असाेज २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार