६ कार्तिक २०८१, मंगलवार

सरकार पुनर्गठन आचारसंहिता विपरित हुने दावी



धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकार पुनर्गठन गरिए निर्वाचन आचारसंहिता उलंघन हुने दावी गरेका छन् ।
एमालेद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू हटाएर सरकार पुनगर्ठन गर्नु गलत हुने दावी गरे । उपाध्यक्ष रावलले वर्तमान सत्ता साझेदार भए पनि विपक्षीसंग गठबन्धन गर्नु लोकतान्त्रिक भएको पनि जिकिर गरे । उनले भने– ‘सरकारमा बस्नु र बाम गठबन्धन गर्नु अलगअलग विषय हुन् ।’
उनले चुनाव जुनसुकै दलको जोसुकैसंग पनि समिकरण हुनु सामान्य भएको बताए । भने– ‘स्थानीय तह निर्वाचनमा एमाले र काँग्रेस र काँग्रेस र माओवादी बीच पनि चुनावी समिकरण भएकै हुन् ।’
उनले बाम पार्टीहरूबीचको समिकरण अरु दलको विरुद्ध नभएको दोहोर्‍याए । एमाले प्रदेश नम्बर ७ का संयोजक समेत रहेका रावलले यो प्रदेशमा एमाले, माओवादी र नयाँशक्ति पार्टीबीच सिटको बाँडफाँटबारे एकदुई दिनभित्रै टुंगो लाग्ने बताए ।
यसैबीच मंगलबार एमालेको सोमबार सम्पन्न प्रदेश समिति बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
प्रदेश कमिटी बैठकले राजेश भण्डारी र नन्दलाल चटौतलाई प्रदेश संगठनको सदस्यमा सिफारिस गरेको छ भने नरेन्द्र बस्नेत र बिष्णुबहादुर सिंहलाई प्रदेश सल्लाहकार सदस्य मनोनयन गरिएको जनाइएको छ ।

असाेज २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार