२५ आश्विन २०८१, शुक्रबार

धनगढी प्रिमियर लीग माघमा



धनगढी । धनगढीमा आगामी माघमा धनगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आइतबार माघ ५ गतेबाट दोस्रो प्रिमियर क्रिकेट लीग सञ्चालन हुने जनाएको छ ।
यस वर्ष विजय डिस्टिलरीको रुस्लान लीगको मुख्य प्रायोजक रहने जनाइएको छ । मुख्य प्रायोजन वापत रुस्लानले धनगढी क्रिकेट एकेडेमीलाई ३५ लाख रुपैयाँ प्रदान गर्ने बताएको छ ।
रुस्लान–डीपीएल टी–२० क्रिकेटको विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, तेस्रो हुने टीमलाई तीन लाख तथा चौथो स्थान प्राप्त गर्ने टीमलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । गत वर्ष डिपिएलको विजेताले १५ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
त्यस्तै, प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । डिपिएल–२ को कुल पुरस्कार राशी ५० लाख रुपैयाँ रहेको छ ।
धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास रुस्लान–डिपिएल क्रिकेट लीगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक जना पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ प्रदान गरिने छ ।
त्यस्तै, नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने छ । दुवै सम्मानको राशी एक–एक लाख रुपैयाँ रहेको छ । अध्यक्ष शाहीले लीग सञ्चालनका लागि करिब तीन करोड रुपैयाँ खर्च हुने छ ।

असाेज २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार