१२ श्रावण २०८१, शनिबार

विप्लव माओवादीद्वारा ज्ञापन



टीकापुर । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले नगरभित्र विभिन्न अवैधानिक क्रियाकलाप भइरहेकाले नियन्त्रण गर्न प्रशासनमा ज्ञापन बुझाएको छ ।
विप्लव माओवादी पार्टीका टीकापुर इञ्चार्ज वीरेन्द्र विकसहितको टोलीले इलाका प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा टीकापुरमा अवैध रूपमा भइरहेका ढुकुटी, मिटर ब्याज, तस्करी तथा कालोबजारी लगायतका गलत क्रियाकलाप नियन्त्रण गर्न ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार