१२ श्रावण २०८१, शनिबार

एमाले कैलालीले संघ तथा प्रदेशका लागि उम्मेदवार सिफारिस



धनगढी । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कैलालीले उम्मेदवारहरूको नाम प्रदेश समितिलाई सिफारिस गरेको छ ।
एमाले कैलालीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य गरिमा शाह, क्षेत्र नम्बर २ बाट उपाध्यक्ष भीम रावल, झपट रावल र पार्वती बजगाई, क्षेत्र नम्बर ३ बाट विमल जोशी, क्षेत्र नम्बर ४ बाट पार्टी जिल्ला अध्यक्ष दीर्घ सोडारी र क्षेत्र नम्बर ५ वाट नारदमुनी राना, राजेश भण्डारी र रणबहादुर चन्दको नाम सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ को क क्षेत्रबाट प्रत्यक्षतर्फ भोजराज शर्मा, गणेश कुवँर र लालवीर चौधरीको नाम सिफारिस गरेको छ । त्यस्तै, ख क्षेत्रबाट श्याम खत्री, सूर्यचन्द्र भट्टराई र द्वारिका न्यौपानेलाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ प्रदेशसभाको क क्षेत्रबाट रतन थापा, कर्ण जैशी, केवालाल चौधरी तथा ख क्षेत्रबाट डेजी पाण्डेय, कर्ण कुँवर र खीमादेवी बोहराको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ३ प्रदेशसभाको क क्षेत्रबाट शेरबहादुर विक, मोती सुनार र चन्द्रिका चौधरी तथा ख क्षेत्रबाट अमर साउँद, जयनारायण जोशी र बिष्णु चौधरीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ४ प्रदेशसभा क क्षेत्रबाट बाट दीर्घ सोडारी, खडक बम र पदम सिंगाल तथा ख क्षेत्रबाट कृष्ण सुवेदी, भीम बोगटी र मानबहादुर रावलको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, क्षेत्र नम्बर ५ प्रदेशसभा क क्षेत्रबाट नेपालु चौधरी र दीर्घ जोशी तथा ख क्षेत्रबाट खेमराज पाण्डेय, नन्दलाल जोशी र हिक्मत कुँवरको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ कमला केसी, कोईलीदेवी चौधरी, जीवन्ती पौडेल, लक्ष्मी चौधरी, शारदा भट्ट, कृष्ण मिश्र, गणेश विक, घनश्याम भट्टराई, चुलनारायण चौधरी, नवराज जोशी, प्रेम साउँद, दीपक देवकोटा, डिल्लीराज भट्ट, हनुमान चौधरी, सूर्य श्रेष्ठ, कमानसिंह खड्का र रतन रेग्मीलाई सिफारिस गरिएको छ । त्यस्तै, प्रदेश सभा समानुपातिकतर्फ २२ जनाको नाम सिफारिस गरिएको छ ।
एमाले कैलालीका सचिव रणबहादुर चन्दले प्रदेश समितिले सोमबार उम्मेदवारको टुंगो लगाएर केन्द्रीय समितिमा पठाउने बताए ।

असाेज २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार