१२ श्रावण २०८१, शनिबार

राप्रपा प्रजातान्त्रिकद्वारा उम्मेदवार सिफारिस



सुखड । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) ले कैलालीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
सो पार्टीको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष खडकबहादुर बमले बताए ।
सो क्षेत्रबाट वीरेन्द्र बम र रामनाथ चौधरीलाई सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ जगत विक, जयपतिराम चौधरी र सरस्वति बोहराको सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य क क्षेत्रबाट प्रत्यक्षतर्फ छोटेलाल चौधरी, नविनकिशोर आचार्य र रंगबहादुर बोहराको नाम सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ कमला बिष्ट, सम्पदा शाही, सकरानी चौधरी, रामबहादुर शाह र भद्रकाली पोखरेललाई सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य ख क्षेत्रबाट प्रत्यक्षतर्फ शिवनारायण चौधरी तथा जोगीराम चौधरी र समानुपातिकतर्फ राजकुमार महतो, समागी चौधरी र हनुमान चौधरीको नाम सिफारिस गरिएको छ ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार