६ कार्तिक २०८१, मंगलवार

जलवायु परिवर्तनसम्बन्धी तालिम



सुखड । कैलालीको घोडाघोडीमा शनिबारदेखि जलवायु परिवर्तन तथा संकटासन्न विश्लेषण सम्बन्धी तालिम शुरु भएको छ । तालिम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
याक नेपालको आयोजनामा भएको तालिमको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख चौधरी, कैलारी गाउँपालिका वडा नम्वर १, ३, ४ का सचिव बिमलप्रकाश जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम याक नेपालका कार्यकारी निर्देशक डवल बमको अध्यक्षतामा भएको थियो ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार