१२ श्रावण २०८१, शनिबार

कण्डम दिवस मनाइयो



धनगढी । कैलाली सहित देशभरी शनिबार २३ औं राष्ट्रिय कण्डम दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्त्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभ रूपमा पहुँच बढाउने उद्देश्यले ‘दोहोरो सुरक्षाका लागि कण्डममा पहँुच बढाऔं’ भन्ने नारा सहित कार्यक्रम गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली, सेती अञ्चल अस्पताल र एड्स हेल्थ कियर फाउण्डेसन नेपाल, एचआईभी क्षेत्रमा काम गर्ने संघ/संस्थाको संयुक्त आयोजनामा दिवसको अवसरमा त्रिनगर गौरीफण्टा नाकामा आवतजावत गर्ने यात्रुहरूलाई कण्डम वितरण गरिएको थियो ।
शनिबार सो नाकामा पाँच हजार नौ सय ४४ कण्डम वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै, एचआईभी एड्सबारे सचेतनामूलक सामग्री पनि वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तथा एचआईभी फोकल प्रसन महेश चन्दले जानकारी दिए ।
कण्डम दिवसको अवसरमा सुरक्षित यौन व्यवहार तथा कण्डम प्रयोग सम्बन्धी धनगढीमा महिला यौनकर्मीका लागि अभिमुखिकरण कार्यक्रम गरिएको जनाइएको छ ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार