१२ श्रावण २०८१, शनिबार

लोकतान्त्रिक फोरमको नगर स्तरीय भेला



धनगढी । नेपाल लोकतान्त्रिक फोरमको कैलालीको गोदावरी नगर स्तरीय भेला शनिबार भएको छ ।
भेलाको एक समारोहबीच फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य माधव चौधरीले उद्घाटन गरेका थिए । भेलामा आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, चुनावी तालमेल, रणनीति लगायतका विषयमा गहन छलफल भएको जनाइएको छ ।
भेलाले रजनी चौधरीको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भोजलाल चौधरी, सचिव मंगल चौधरी र कोषाध्यक्ष सोनकुमारी चौधरी रहेका छन् । भेला मंगल चौधरीको अध्यक्षतामा भएको थियो ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार