१२ श्रावण २०८१, शनिबार

जेसीज सप्ताह शुरु



धनगढी । धनगढी जेसीज, धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीजको संयुक्त आयोजनामा शनिबारदेखि जेसीज सप्ताह कार्यक्रम–२०१७ शुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन धनगढी सरसफाई र फलफूल वितरण गरिएको छ । यस क्रममा धनगढीको एलएनचौकस्थित पशुसेवा कार्यालय नजिक रहेको खानेपानी ट्यांकीको सरसफाई तथा रंगरोगन गरिएको कार्यक्रमका मुख्य संयोजक यज्ञराज ओझाले जानकारी दिए ।
शनिबार नै सेती अञ्चल अस्पतालकमा रहेका विरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।
आगामी २८ गतेसम्म सञ्चालन हुने जेसीज सप्ताहमा स्लो बाईक प्रतियोगिता, स्विमिङ प्रतियोगिता, डण्डीवियो प्रतियोगिता, नि:शुल्क स्वास्थ्य शिविर, गजल साँझ लगायतका कार्यक्रम गर्ने जनाइएको छ ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार