११ श्रावण २०८१, शुक्रबार

फूलवार सहकारीको वार्षिक सभा



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाउँस्थित फूलवार कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा शुक्रबार बौनियामा भएको छ ।
साधारण सभाको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डंगौरा थारूले एक समारोह बीच उद्घाटन गरे । कार्यक्रम संस्थाकी अध्यक्ष दीपा चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भिख्खु चौधरी, मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष विष्णाकुमारी चौधरीे, साना किसान सहकारी संस्थाका अध्यक्ष पदम रिजाल, बौनिया कृषि सहकारी संस्थाका अध्यक्ष भागीराम चौधरी, बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरी, मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय सदस्य नम्रता चौधरी, नेपाल युथ फाउन्डेशनका सुजाता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाका व्यवस्थापक प्रमिला कठरियाले आर्थिक वर्ष २०७३/०७४ को ५४ लाख सात हजार आठ सय रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
पत्रकार रविना चौधरीले सञ्चालन गरेको कार्यक्रममामा संस्थाकी सदस्य गरिमा देवि कठरियाले स्वागत गरेकी थिइन् ।

असाेज २१ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार