११ श्रावण २०८१, शुक्रबार

जोशीपुर गाउपालिकाले बनायो ३८ करोड ७० लाखको बजेट



जोशीपुर । जोशीपुर गाउपालिकाको पहिलो गाउँ सभाले चालू आर्थिक वर्षको लागि ३८ करोड ७० लाख ४८ हजारको अनुमानित बजेट पारित गरेको छ ।

अघिल्लो वर्ष ५ करोड बजेट चलाएको गाउपालिकाले यस वर्ष झन्डै पौने ३९ करोडको बजेट बनाएको छ ।
गाउपालिकाले विनियोजन गरेको बजेट मध्ये ३ करोड चालू खर्च हुनेछ । यसै गरी सवा ३ करोड सामाजिक सुरक्षा भत्तामा खर्च हुनेछ भने सवा एक करोड सवारी साधनमा खर्च गर्ने भएको छ । विकास खर्च तर्फ छ करोड ३९ लाख रुपैयाँ विषयगत क्षेत्रमा खर्च गर्ने र २४ करोड ८७ लाख रुपैयाँ भवन तथा संरचना निर्माणमा खर्च गरिने जोशीपुर गाउपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले जानकारी दिनुभएको छ ।
समानुपातिका विकासका लागि हरेक वडाले एक करोड ६२ लाखभन्दा माथि रकम पाउँदा ११ करोड ४४ लाख ९० हजार रुपैयाँ सिधै वडाबाट खर्च हुनेछ ।
वडा नम्बर ६ मा १९ योजना, वडा नम्बर २ मा २० योजना, वडा नम्बर ४ मा २५ योजना, वडा नम्बर ५ मा २८ योजना, वडा नम्बर १ मा ३० योजना र वडा नम्बर ३ र ७ ले ४०÷४० योजना छनोट भएका छन् ।
पौने ३९ करोड बजेट बनाएको जोशीपुर गाउपालिकाको आन्तरिक आय जम्मा २७ लाख ७२ हजार र गत वर्षको मौज्दात ५४ लाख ९४ हजार गरी जम्मा ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ भने बाकी सबै सरकारी अनुदानमा भर पर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार