१२ श्रावण २०८१, शनिबार

प्रदेश नं २ मा कांग्रेस पहिलो, एमाले पाँचौं



काठमाण्डौं  । यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये बुधबार बिहान ११ बजेसम्म १ सय ३४ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगन्ज महानगरमा संघीय फोरमको अग्रता छ भने राजविराजमा राजपा अगाडि देखिएका छन् । 

 नतिजाअनुसार कांग्रेस ४० स्थान, संघीय समाजवादी फोरम २५, राजपा २४, मा‌ओवादी केन्द्र २१, एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्तिले १ स्थानमा जित हात पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार