१२ श्रावण २०८१, शनिबार

अधिकांश मिठाई पसलका भान्सा दुर्गन्धित



धनगढी । धनगढी उपमहानगरपालिकाका अधिकांश मिठाई पसलका भान्सा दूर्गन्धित रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले मङ्गलवार धनगढी बजारका विभिन्न होटेल, मिठाई पसल, पेय पदार्थका ठुला पसल, किराना पसल तथा डेरीको अनुगमन गर्दा डेरी तथा मिठाई पसलका भान्सा प्रायः दुर्गन्धित अवस्थामा रहेको पाइएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मिठाई पसल, किराना, पेय पदार्थ बिक्री गर्ने पसलमा अनुगमन गरेको थियो ।
यस क्रममा न्यू ब्ल्यु स्टार स्वीट हाउसको भान्साघर निकै दुर्गन्धित अवस्थामा रहेको र मिठाई बनाउन अखाद्य वस्तु प्रयोग गरेको भेटिएको जनाइएको छ ।
त्यस्तै, महावीर भोजनालयको भान्सा घर स्वच्छ भए पनि मिठाईमा रङ्गको प्रयोग गरेको भेटिएको थियो । सूचना अधिकारी कार्कीका अनुसार विगतको तुलनामा गुणस्तरमा केही सुधार आएको बताए । उनले आम उपभोक्ताहरु सचेत हुने हो र सामान खरिद गर्दा बिलसहित सामानको लेवल पनि हेर्ने हो भने अझैं सुधार आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार