१२ श्रावण २०८१, शनिबार

कैलालीमा ११ कैदीको कैद मिनाहा



धनगढी । सरकारले वडादशैंको अवसर पारेर कैलालीका एक महिलासहित ११ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।
कैद मिनाहा भएका कैदीहरूलाई सोमबार नै आफन्तको जिम्मा लगाएर घर पठाइएको कैलाली कारागारका जेलर पुष्कर खड्काले बताए ।
उनका अनुसार यस वर्ष कैलालीमा कैद माफी पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाका चार जना रहेका छन् । त्यस्तै, सवारी ज्यान मुद्दाका दुई, बहुविवाहका दुई, डाँकाचोरीका दुई र आगजनीका एक कैदीको बाँकी कैद मिनाह भएको छ ।
कारागार व्यवस्था विभागको असोज ६ गते प्राप्त पत्रलाई आधार बनाएर कैलाली कारागारमा थुनामा रहेका मध्ये १३ जना कैदीबन्दीहरू रिहाईका लागि सिफारिस गरेको थियो ।
‘असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर आममाफी दिइएको हो’ जेलर खड्काले भने– ‘कैद मिनाहा हुने सबैको ४० प्रतिशतभन्दा बढी कैद भुक्तान भइसकेको थियो ।’
जेलर खड्काका अनुसार कैलाली कारागारमा अहिले कैदी, थुनुवा र आश्रित बालबालिका गरी तीन सय ९७ जना रहेका छन् ।

असाेज १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार