१२ श्रावण २०८१, शनिबार

बालविवाह न्यूनीकरण सम्बन्धी तालिम



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा आइतबारदेखि बालविवाह न्यूनीकरण सम्बन्धी तालिम शुरु भएको छ । तालिम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र एभरेष्ट युवा क्लवको आयोजनामा सो तालिम सञ्चालन भएको छ ।
तालिमको रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । कार्यक्रम एभरेष्ट क्लवका सदस्य अनील चौधरीको अध्यक्षतामा भएको थियो ।
तालिममा जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १० विद्यालयका १० बाल क्लवका ३० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार