खीर महोत्सव आयोजना हुने



धनगढी । विश्व पर्यटन दिवसका अवसरमा टीकापुर पर्यटन समितिको आयोजनामा दोस्रो खीर महोत्सव–२०७४ आयोजना हुने भएको छ ।
महोत्सवमा विभिन्न स्वादका खीरका परिकार, केराका परिकार, स्थानीय उत्पादन, हस्तकला आदि प्रस्तुत गरिने पर्यटन समितिका अध्यक्ष थर्कबहादुर शाहले बताए ।
उनले जेष्ठ नागरिकलाई नि:शुल्क खीर खाने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्