११ श्रावण २०८१, शुक्रबार

बहिरालाई रोजगारी र शिक्षाको व्यवस्था गर्न माग



धनगढी । बहिरा संघले बहिराहरूलाई रोजगारी र शिक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
१२ औं अन्तर्राष्ट्रिय बहिरा दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा संघले राज्यले बहिराका लागि रोजगारी र नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि व्यवहारिक रूपमा लागू नभएको गुनासो गरे ।
संघले एक जिल्ला, एक सांकेतिक विद्यालय हुनुपर्ने, प्रदेश सभा र प्रतिनिधिसभामा बहिराको सहभागिता गराउनुपर्ने, प्रत्येक स्थानीय तहमा सांकेतिक भाषा अध्ययन गरेको व्यक्तिलाई राख्नुपर्ने लगायतका माग गरेका थिए ।
कैलाली जिल्ला बहिरा संघका अनुसार जिल्लामा हाल दुई हजार तीन जना बहिरा रहेका छन् । संघका जिल्ला अध्यक्ष दिनेश पनेरूले कैलालीमा अहिले सात सय बढी बहिराले परिचयपत्र पाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार