१२ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदै



धनगढी । कैलालीको धनगढीमा आगामी मंसिरमा आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय गोजुरियो कराँते संघको आयोजनामा हुने प्रतियोगितामा आठ देशका एक हजार बढी खेलाडीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताका संयोजक प्रकाशबहादुर चन्दले प्रतियोगिताको तयारी शुरु भइसकेको बताए । प्रतियोगिता सञ्चालनका लागि २४ लाख रुपैयाँ खर्च हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार