१२ श्रावण २०८१, शनिबार

एमाले जुट्यो प्रदेश तथा संघीय निर्वाचनमा



धनगढी । आगामी मंसिरमा हुने प्रादेशिक तथा संघीय (प्रतिनिधि सभा) निर्वाचनका लागि नेकपा (एमाले) तयारी शुरु गरेको छ ।
यस क्रममा कैलालीका सबै पाँच निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समन्वय कमिटि गठन गरिएको छ ।
नेकपा एमाले कैलालीको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी संयोजक तोकेको छ । एमाले कैलालीका अनुसार क्षेत्र नम्बर १ मा प्रेमबहादुर साउँद, २ मा डेजी पाण्डेय, ३ मा जयनारायण जोशी, ४ मा पदम सिंगाल र ५ मा लक्ष्मण कुँवरलाई संयोजक तोकिएको छ ।
त्यस्तै, कैलालीका १० वटा प्रादेशिक निर्वाचन क्षेत्रका लागि पनि समन्वय कमिटी गठन गरिएको छ । एमाले कैलालीका कार्यालय सचिव बिमल जोशीका अनुसार क्षेत्र नम्बर १ मा श्याम खत्री र प्रेमलाल चौधरी, २ मा केवालाल चौधरी र पूर्ण विष्ट, ३ मा खडक रावत र दयाशंकर चौधरी, ४ मा भीम बोगटी र बासु गुरागाई तथा क्षेत्र नम्बर ५ मा दुर्गाप्रसाद जोशी र तिलुराम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार