१ जेष्ठ २०८१, मंगलवार

खाद्य सुरक्षा कार्यक्रमको सामाजिक लेखाजोखा



भजनी । कैलालीको भजनी नगरपालिकामा शुक्रबार खाद्य सुरक्षा र लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा भएको छ ।
फाया नेपालद्वारा सञ्चालित खाद्य सुरक्षा सुशासन परियोजनाअन्तर्गत सो कार्यक्रम भएको थियो ।
सो अवसरमा भजनी नगरपालिका उपप्रमुख छाया देवकोटाले चालू आर्थिक वर्ष २०७४/०७५ को सामाजिक आर्थिक तथा भौतिक विकास र कृषि खाद्य सुरक्षा तथा लक्षित कार्यक्रममा ५० करोड २३ लाख ७६ हजार रुपैयाँको बजेट र कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, कृषि सेवा केन्द्रका प्राविधिक कमलप्रसाद चौधरीले एक करोड १६ लाख १६ हजार रुपैयाँको बजेट तथा कार्यक्रम र पशुसेवा केन्द्रका प्राविधिक रमेशराज रेग्मीले १९ लाख रुपैयाँको पशुसेवा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
सो अवसरमा नगर उपप्रमुख देवकोटा, वडाध्यक्षहरू दुर्गा पुन, पंकज चौधरी, र अमरसिंह कठरिया, रामबहादुर सुनार, फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैका, बलबहादुर चौधरी, रतन रेग्मी, लक्ष्मी थापा, चित्र साउँद, अनिता साउँद, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भजनी किसान महासंघका अध्यक्ष छविराम पोखरेलको अध्यक्षतामा भएको थियो ।

असाेज ०७ गते (epapre)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार