४ जेष्ठ २०८१, शुक्रबार

वर्षाका कारण जनजीवन प्रभावित



धनगढी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । कैलालीमा बुधबारदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसन विज्ञान फिल्ड कार्यालय अत्तरियाका अनुसार गएको २४ घण्टामा कैलालीमा १६ मिलिमिटर वर्षा भएको छ । फिल्ड कार्यालयका प्रमुख राममणि मिश्रले बंगालको खाडीबाट शुरु भएको मौसमी हावा नेपालको पूर्वी भाग हुँदै पश्चिमतर्फ बहिरहेकोले अझै ४/५ दिन वर्षा हुन ।
उनले यसपाली मनसुन ढिलो शुरु भएकाले देशभरि दशैंको वेला पनि वर्षा हुनसक्ने बताए ।
यसैबीच, वर्षाका कारण कैलालीको सुखडमा जारी घोडाघोडी महोत्सव पनि प्रभावित भएको छ ।
मौसममा आएको खराबीका कारण महोत्सवमा दर्शकको संख्या निकै कम भएको आयोजकले बताएका छन् ।
सो महोत्सवमा बिहीबार जिल्ला समन्वय समिति, कैलालीका संयोजक सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए ।

असाेज ०७ गते (epapre)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार