४ जेष्ठ २०८१, शुक्रबार

विद्यालयस्तरीय प्रतियोगिता



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, मनेहरास्थित कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा संविधान दिवसका अवसरमा बिहीबार विद्यालयस्तरीय विभिन्न प्रतियोगिता भएको छ ।
यस क्रममा वक्तृत्वकला तथा नृत्यकला प्रतियोगिता आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा विभिन्न २२ वटा विद्यालयका ३६ जना र नृत्य प्रतियोगितामा ३४ जनाको सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा शैक्षिक आवासीय महाविद्यालय, तेघरीका गहेन्द्र भट्ट प्रथम, निरञ्जन मिश्र द्वितीय, उसु क्वान, मनेहराकी एलिशा चलाउने तृतीय भए भने पशुपति शिक्षा मन्दिर देवरियाका मिसन जोशीले चौथो स्थान प्राप्त गरे ।
त्यसैगरी, नृत्य प्रतियोगितामा शैक्षिक आवासीय महाविद्यालय प्रथम, मिलन ंइंग्लिस बोर्डिङ हाईस्कुल जुगेडा द्वितीय, थ्रि स्टार इंग्लिस स्कूल तृतीय र डिस्कभरी स्कूल र पशुपति शिक्षा मन्दिरले चौथो स्थान प्राप्त गरे ।
प्रतियोगिताका प्रायोजकमा मनेहरा सामुदायिक वन उपभोक्ता समूह, धनगढी उपमहानगरपालिका कार्यालय, थ्री स्टार्स ईंग्लिस स्कुल र डिकेटी वाटर ईण्डष्ट्रिज अनामनगर रहेका थिए ।
कार्यक्रमको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । कार्यक्रम कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रतन खातीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समिति सदस्य सुशीला जोशीले गरेकी थिइन् ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार