४ जेष्ठ २०८१, शुक्रबार

सद्गुरु सत्पालको जन्मोत्सवका अवसरमा कार्यक्रम



टीकापुर । मानव धर्मका प्रणेता सद्गुरुदेव सत्पाल महाराजको जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समिति टीकापुरको आयोजनामा आयोजित कार्यक्रम बिहीबार समापन भएको छ ।
समापन कार्यक्रममा आश्रमले सामुदायिक रेडियो टीकापुर एफएमलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा सेवा आश्रमको शौचालय निर्माणमा सहयोग गर्ने समाजसेवी शेरबहादुर रावल र मैनादेवी रावललाई सम्मान गरियो । रावल दम्पत्तीले तीन लाख रुपैयाँको लागतमा छ कोठे पक्की शौचालय निर्माण गरेका थिए ।
समापन कार्यक्रममा टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रम आश्रमका सेती अञ्चल प्रमुख सुवर्ण बाइजीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, खानेपानी तथा सरसफाई संस्थाका सचिव भैरव रावल, सामुदायिक पुस्तकालयका सल्लाहकार उदयराम अधिकारी, पत्रकार दुर्गा देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका केन्द्रीय सदस्य काँशिराम ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा सेवा समितिका अध्यक्ष भेषराज तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रममा भजन किर्तन, सांस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रममा विजयी हुने बालबालिकालाई पुरस्कार वितरण गरिनुका साथै बाल कक्षा सञ्चालन गर्ने बालबालिकालाई झोला वितरण गरिएको थियो ।
संस्थाले यसअघि बुधबार टीकापुर अस्पतालका विरामीलाई फलफूल वितरण र मंगलबार रक्तदान कार्यक्रम समेत गरेको थियो ।
२०५४ सालमा टीकापुरमा स्थापना भएको मानव धर्म सेवा आश्रमका हाल एक हजारभन्दा बढी सदस्य छन् ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार