२ जेष्ठ २०८१, बुधबार

दशैं मेला शुरु



धनगढी । कैलालीको धनगढीमा पहिलो पटक दशैं मेला–२०७४ शुरु भएको छ ।
दशैंतिहारलाई लक्षित गरी कैलाली उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सो मेला शुरु भएको छ ।
मेलाको एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
उद्योग वाणिज्य संघको कार्यालयदेखि सेती अञ्चल अस्पतालसम्म व्यापार–व्यावसायिक मेला लगाइएको छ ।
मेलामा दशैंतिहारका लागि आवश्यक प्राय: सामान उपलब्ध गराइने संघले जनाएको छ । मेलामा राखिएका व्यापारिक सामानमा १५ प्रतिशत छुटका साथै विशेष अफर योजना पनि लागू गरिएको जनाइएको छ । मेला साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ । यो वर्षदेखि हरेक दशैंतिहारमा यो मेला लाग्ने संघका अध्यक्ष शंकर बोगटीले बताए ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार