४ जेष्ठ २०८१, शुक्रबार

खक्रौला लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै



टीकापुर । कैलालीको खक्रौला नाका केही समययता लागूऔषध कारोबारीका लागि ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग भइरहेको छ । भारतसंगको खुला सीमानाको फाइदा उठाउँदै लागूऔषध कारोबारीहरूले सीमावर्ती भारतीय बजार तिकुनियाबाट खक्रौला नाका प्रयोग गरेर तस्करी गरिरहेको बताइन्छ ।
बुधबार प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९, पत्थरघाटमा भारतको तिकुनियाबाट टीकापुरतर्फ आउँदै गरेको बा २ प ४१० स्कुटरमा रहेका बर्दिया राजापुर नगरपालिका–१ का २४ वर्षीय कृष्ण चौधरी र सुनील थारू पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूसंग निट्राभेट–१० ट्याब्लेट एक सय ८० थान र ६ पोका खैरो हेरोइन बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको डिएसपी कार्कीले बताए ।
केही दिनअघि पनि टीकापुरका दुई जनालाई लागू औषधसहित पक्राउ गरिएको थियो । प्रहरीले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको जनाएको छ ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार