४ जेष्ठ २०८१, शुक्रबार

जलेर ४ जनाको मृत्यु



विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-३ हर्कपुरस्थित एक घरमा भएको आगलागीमा परी चारजनाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राईको किराना पसल भएको दुई तले घरमा आज बिहान आगलागी भएको थियो ।
प्रहरीका अनुसार घरभित्र सुतिरहेका चन्द्रबहादुर, ८६ वर्षीया आमा गंगामाया राई, श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको जलेर मृत्यु भएको हो ।
विराटनगर, इटहरी र दमकको दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर आगो निभाइएको थियो । बिहान करिब ३ बजेतिर सुरु भएको आगलागी दुई घन्टापछि निभाइएको थियो । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । तस्बिर सौजन्य : ईश्वरचन्द्र भट्टराई

(इकान्तिपुर)

असाेज ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार