४ जेष्ठ २०८१, शुक्रबार

उपमहानगरपालिकालाई डस्टबिन प्रदान



धनगढी । कैलाली उद्योग वाणिज्य संघले धनगढी उपमहानगरपालिकालाई दुई सय वटा डस्टबिन प्रदान गरेको छ ।
कैलाली उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले बुधबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई डस्टबिनहरू हस्तान्तरण गरे ।
सफा सुन्दर नगर, हाम्रो अभियान नाराका साथ उद्योग वाणिज्य संघले धनगढी उपमहानगरपालिकालाई दुई सय वटा डस्टबिन हस्तान्तरण गरेको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सबैको सहयोग र समन्वयले स्वच्छ, सफा तथा सुन्दर धनगढीको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरे । उनले छाडा पशुचौपाया र सरसफाई अभियानलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गजराज पाण्डेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव रुपेश स्वाँरले गरेका थिए ।
यसैबीच, कैलाली उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योग वाणिज्य संघको कार्यालयदेखि सेती अञ्चल अस्पतालसम्म व्यापार व्यावसायिक मेला लाग्ने भएको छ । दशैंतिहारलाई लक्षित गदै मेलाको आयोजना गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बताए ।
मेलामा दशैंतिहारमा चाहिने सबै सामग्री उपलब्ध गराउने गरी तयारी गरिएको आयोजकले जानकारी दिएको छ । यो वर्षदेखि हरेक दशैंतिहारमा यो मेला लाग्ने संघका अध्यक्ष बोगटीले बताए ।

असाेज ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार