४ जेष्ठ २०८१, शुक्रबार

अन्तरक्रिया कार्यक्रम



थापापुर । कैलालीको भजनी नगरपालिका, थापापुरमा बुधबार स्थानीय स्रोतसाधन र सेवा सुविधामा लक्षित समुदायको पहुँच विषयक कार्यक्रम भएको छ ।
फाया नेपालको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ६ र ८ का वडा सचिव अम्वादत्त जोशी र फाया नेपालका अधिकृत राजेन्द्र रैकाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य कमला ज्ञवाली, वडा नम्बर ६ का अध्यक्ष सुन्दर चौधरी, वडा नम्बर ८ का वडाध्यक्ष पंकज चौधरी, रामदिन चौधरी, चन्द्रलाल चौधरी, जयप्रसाद ढुगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम थापापुर किसान महासंघका उपाध्यक्ष कमला चौधरीको अध्यक्षतामा भएको थियो ।

असाेज ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार