१० श्रावण २०८१, बिहीबार

चराहरूको अनुगमन शुरु



सुखड । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेका सामुदायिक वनहरूमा दुर्लभ चराहरूको अनुगमन थालिएको छ ।
लोपोन्मुख प्रजातिका चराको संख्या यकिन गर्ने, स्थिति थाहा पाउने लगायतको उद्देश्यले विदेशी नागरिक सहित स्थानीय संरक्षणकर्मीले अनुगमन थालेका हुन ।
घोडाघोडी ताल क्षेत्रको वनमा विश्वबाटै लोप हुने अवस्थामा रहेको राचलाहाँचे चरा पाउने गर्दछ । विदेशी संरक्षणकर्मी बेन्ज स्मेल्टसहित तीन वटा सामुदायिक वनमा चारदिनसम्म अनुगमन गर्दा दुई वटा राजलाहाँचे र एउटा ठूलो धनेश फेला परेको अनुगमनमा संलग्न स्थानीय संरक्षणकर्मी हिरूलाल डंगौराले जानकारी दिए ।
उनले माघी र यमूना सामुदायिक वनमा दुर्लभ राजलाहाँचे चरा फेला परेको बताए । सन २०१४ मा लट्ठहुवा सामुदायिक वन क्षेत्रमा ६ वटा राजलाहाँचे चरा फेला परेका थिए । सोही वर्ष नै ६ वटा ठूलो धनेश पनि देखिएका तथ्यांक छ ।
चोरी सिकार गर्ने गिरोह सक्रिय रहँदै आएका कारणले लोपोन्मुख यी चराहरू मासिने खतरा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार