६ कार्तिक २०८१, मंगलवार

संविधान दिवस २०७४ : विविध कार्यक्रम सहित धुमधामसाथ मनाइयो



धनगढी । नेपालको संविधान जारी भएको मंगलबार दुई वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा कैलालीमा संविधान दिवस मूल समारोह समितिले मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
धनगढीको ट्राफिक चौराहदेखि शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख र कर्मचारी, गैरसरकारी संघ/संस्थाका प्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
प्रभातफेरी समापनपछि आयोजित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नेता तथा पूर्व जिल्ला विकाश समिति सभापति गोविन्दराज जोशीले सविधानको कार्यान्वयनका लागि सवै राजनीतिक दल मिल्नुको विकल्प नरहेको बताए ।
कैलाली बारका अध्यक्ष प्रेम चन्दले दिगो विकाश र समृद्धिका लागि सविधानको कार्यान्वयनमा जोड दिए ।
समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्वागत गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख सुशीला मिश्र भट्ट, राष्ट्रिय जनमोर्चाका कृष्ण चौधरी, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको उपस्थिति रहेको थियो भने केही प्रमुख दल र सर्वसाधारणको भने सहभागिता थिएन ।
यस्तै, फूलवारी बसपार्कमा द्वीप प्रज्जवल गरिएको छ । कार्यक्रममा मेयर नृप वड, उपमेयर सुशिला मिश्र भटट्ट, समाजसेवी ज्ञानेन्द्र शाह, दीर्घराज ओझा, उद्धव भट्टलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम चियाचौतारीका अध्यक्ष धनबहादुर बमको अध्यक्षतामा भएको थियो ।

असाेज ०४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार