६ कार्तिक २०८१, मंगलवार

सवारी दुर्घटना नियन्त्रण गर्न हाइवे गस्ती



धनगढी । सुदूरपश्चिमका विभिन्न सडकमा चाडवाडका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ‘हाइवे गस्ती’ सञ्चालन गर्ने भएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शरद चन्दले कैलालीको अत्तरिया–स्याउले, स्याउले–दिपायल, दिपायल–साँफे, स्याउले–बझाङ तथा बैतडी–दार्चुला सडकमा ‘हाइवे गस्ती’ सञ्चालन गरिने जानकारी दिए ।
उनले भने ‘राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउने र यी क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्नका लागि हामीले ‘हाइवे गस्ती’ सुरु गर्दैछौ, यसले दुर्घटना र अपराध न्यूनीकरण हुनेछ ।’
डिआइजी चन्दले ‘हाइवे गस्ती’ गस्तीका लागि प्रहरीको एक छुट्टै टोली परिचालन हुने बताए ।

असाेज ०३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार