११ श्रावण २०८१, शुक्रबार

चरा संरक्षणमा एकजुट हुन आग्रह



सुखड । चराको संरक्षणमा सबै एकजुट हुनुपर्ने सोमबार सुखडमा आयोजित एक कार्यक्रममा दोहोर्‍याइयो ।
चरा संरक्षण नेटवर्कको साधारण सभामा सहभागीहरूले प्रकृतिको सुन्दर उपहार चराचुरुङ्गीको संरक्षणका लागि समाजका सबै पक्ष संवेदनशील हुन आग्रह गरे ।
कार्यक्रम नेटवर्कका अध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष मनराज शाही, वडा नम्वर ३ का अध्यक्ष कमल चौधरी, वडा नम्वर ४ का वडाध्यक्ष टेकराज बुढा, वसन्ता संरक्षति वन परिषदका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामकुमार चौधरीले आर्थिक वर्ष २०७३/०७४ को नौ लाख २८ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
यसैबीच संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । भेलाले दयाराम चौधरीको अध्यक्षतामा जमुना न्युरे उपाध्यक्ष, मनिशा चौधरी कोषाध्यक्ष, मेनुका चौधरी सचिव तथा आयुशा चौधरी सहसचिव रहेको कार्यसमिति चयन गरेको जनाइएको छ ।
समितिका सदस्यमा नवराज न्युरे, सीता चौधरी र भद्रबहादुर शाह रहेका छन् ।

असाेज ०३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार