२ जेष्ठ २०८१, बुधबार

नगर सरसफाई



धनगढी । सामथ्र्य नेपाल नामक संस्थाको आयोजनामा आइतबार धनगढी उपमहानगरपालिकाको रंगशाला वरिपरि सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रमको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले फोहोर सफा गरेर उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले ‘वर्षमा एक दिन सडक सफा गरेर मात्रै धनगढीलाई सफा बनाउन नसकिने’ चर्चा गरे । ‘धनगढीलाई स्वच्छ, सफा र सुन्दर बनाउन सबैको दिमाग स्वच्छ गर्न जरुरी रहेको छ’ उनले धनगढीका आम व्यापारीलाई राति आफ्नो पसल सफा गरेर निस्किएका फोहोर एकै ठाउँमा थुपार्न आग्रह गरे । भने– ‘तपाई व्यापारीहरू बिहान पसल सफा गर्नुहुन्छ र उपमहानगरपालिकाले बिहान फोहोर संकलन गरेर गइसकेपछि पसलबाट निस्कीएका फोहोर सडकमा मिल्काउनु हुन्छ ।’
कार्यक्रममा विवेकशिल साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, संस्थाका नगर संयोजक भरतराज जोशी, सामुदायिक प्रहरी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

असाेज ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार