४ जेष्ठ २०८१, शुक्रबार

फोटो पत्रकार समूहमा भण्डारी



धनगढी । आइतबार धनगढीमा भएको फोटो पत्रकारहरूको भेलाले ११ सदस्यीय फोटो पत्रकार समूह कैलाली शाखाको तदर्थ समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा वीरेन्द्र भण्डारी चयन भएका छन् । समूहको उपाध्यक्षमा महेन्द्र बिष्ट, सचिवमा निखिल आचार्य, कोषाध्यक्षमा नवराज खनाल र सहसचिवमा शंकर बोहरा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा विवेक नागरी, पाण्डव पुजारा, गगन ऐडी, सविता बुढा र विवस चौधरी रहेका छन् ।
भेलाले नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद र सहसचिव श्रवण देउवालाई सल्लाहकार चयन गरेको छ ।
समूहका केन्द्रीय सदस्य हरि रेग्मीको अध्यक्षतामा भएको भेलामा पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, पूर्व जिल्ला अध्यक्ष शाह र प्रेस चौतारीका केन्द्रीय सचिव हेमकर्ण विक लगायतले शुभकामना मन्यव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार