४ जेष्ठ २०८१, शुक्रबार

भूउपयोग नीति कार्यान्वयन गरिनुपर्ने



धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भूउपयोग नीति पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित कृषिमा आधुनिकिकरण, पर्यटन विकास, सामुदायिक वन व्यवस्थान तथा अव्यवस्थित बसोवासको व्यवस्थापन सम्बन्धी जिल्लास्तरिय नीति निर्माणको लागि छलफल कार्यक्रममा उपाध्यक्ष रावलले भूउपयोग नीति कडाईका साथ लागू गरियो भने विद्यमान समस्या समाधान हुने बताए ।
उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि देश आर्थिक समृद्धितर्फ अघिबढ्ने विश्वास व्यक्त गरे ।
कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्लाका विभिन्न स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा समन्वय समितिका संयोजक थापाले कैलाली जिल्लाको समग्र विकासका लागि कृषिमा आधुनिकिकरण, पर्यटन विकास, सामुदायिक वन व्यवस्थान तथा अव्यवस्थित बसोवासको व्यवस्थापन गर्नु पहिलो चुनौती रहेको बताए ।
उनले कैलालीमा देखिएको समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । स्थानीय विकास अधिकारी केशव प्रसाद विमलीले जिल्लाको विकासका लागि सबै राजनीतिक दल, विकासप्रेमी एकतम भएर लागे जिल्लाको मुहार छिट्टै बदलिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार